एकैदिन थपिए ४ लाख भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । विश्वमा एकैदिन ४ लाख भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार एकैदिन मात्र ४ लाख १२ हजार बढी नयाँ संक्रमित भेटिएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ९५ लाख ७४ हजार २ सय ७३ पुगेको छ । त्यस्तैगरि विश्वमा एकैदिन ६ हजार १ सय ८५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ लाख ९ हजार ९३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *