यस्तो विधीले राख्नुस् जमरा, जप्नुस यी मन्त्र

काठमाडौं । आज आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन । आजको दिन शुद्ध माटो तथा गोवरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार सबैको घरघरमा जमरा राखिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका लागि एउटा कतारोमा बालुवा राखी त्यसमा जौ रोपर उत्तर कतारोमा जौका साथसाथै गंगाजल राखेर त्यसमा देवी भगवतीको आह्वान गरेर पूजन सम्पन्न गर्नुपर्ने हुन्छ । दुई दिनपछि त्यो जौं अंकुरका रूपमा प्रस्फुटित हुन्छ भने त्यही अंकुर नै जमरा हो । जमरा अत्यन्तै पवित्र मानिन्छ ।

पूजाको क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस् :

ॐ अपवित्र: पवित्रो वा सर्वावस्थां गतोsपि वा।
य: स्मरेत् पुंडरीकाक्षं स: बाह्याभ्यंतर: शुचि॥
ॐ पुनातु पुण्डरीकाक्ष: पुनातु पुण्डरीकाक्ष पुनातु॥

नमो दैव्यै महादेव्यै शिवायै सततं नम:।
नम: प्रकृतयै भद्रायै नियता: प्रणता: स्मताम॥
या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥

ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *