आज घटस्थापना, घरघरमा यसरी जमरा राखिँदै

काठमाडौं । आज आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन । आजको दिन शुद्ध माटो तथा गोवरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार सबैको घरघरमा जमरा राखिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूरा आराधना गरिन्छ भने दशौं दिन प्रसाद स्वरुप लगाइने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने कुरा देवी भागवतमा बताइएको छ । घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि गरेर नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याएर जमरा राख्ने चलन चली आएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत शनिवार बिहान ११ बजेर ४६ मिनेटमा रहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *