आज कार्तिक महिनाको पहिलो दिन, यी ६ राशिको लागी निकै शुभ

काठमाडौं आज मिति २०७७ साल कार्तिक १ गतेको राशिफल यस प्रकार रहेको छ :

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आज स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तब्य पहिल्याउन सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । कडा मिहेनत गर्दा राम्रो फल पाउन सकिन्छ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : उपहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ ।  नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। आँटेका काम पुग्नेछन्। माया  प्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ ।  कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिन्छ । टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसँग बित्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ ।  पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अनावश्यक वादविवादमा परिने समय रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने यात्राको पनि योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बोलीको प्रभाव बढ्ने हुनाले कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहने हुँदा सतर्क रहनुहोला। । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ। बोलीको प्रभाव बढ्ने हुनाले कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्ने योग रहेको छ। रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । वैवाहिक जीवन सुमधुर भएर जानेछ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ। 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : अनावस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । होसियारी साथ काम लिनुपर्ने समय रहेको छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । होसियारी साथ काम लिनुपर्ने समय रहेको छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । स्वास्थ्यामा देखिने समस्याका कारण केहि असहज महसुस हुनेछ। चाहँदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  ; पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिन्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्ने देखिन्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *