किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा होटेल व्यवसायी पक्राउ

काठमाण्डौ । यौन दुर्व्यवहारको आरोपमा जनकपुरधामका एकजना होटेल व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जेसिएफ होटेलका  सञ्चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बेंगा शिवपुर बस्ने अन्दाजी ३८ वर्षीय प्रमोद यादव रहेका छन् । लाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कक्षा ९ मा अध्यनरत एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई बिहिबार पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

किशोरीले जिल्ला प्रहरी कार्यालय धनुषामा जेएफसीका सञ्चालक यादवसहित ३ जनाविरुद्ध दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको मिश्रले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *