सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर २२ बाँदरको मृत्यु

काठमाण्डौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सानीटारमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बिहीबार साँझ २२ वटा बाँदरको मृत्यु भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पोखरीमा डुबेकामध्ये १२ वटा बाँदरको भने स्थानीय बासिन्दा तथा डिभिजन वन कार्यालयका कर्मचारीले जीवितै उद्दार गरेका छन् ।  पोखरीको बाहिरी सतहभन्दा पानी केही तल भएका कारण बाँदरहरु पानी पिउन पोखरीमै जाने र त्यसैकारण उनीहरु पोखरीमा डुबेको हुनसक्ने डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख भरतबाबु श्रेष्ठले बताए ।

स्थानीय जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी तथा स्थानीयको रोहबरमा मुचुल्का उठाएर मरेका बाँदरको अन्त्येष्टि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *