सँगै बसेर लागूऔषध सेवनपछि बन्चरो प्रहार गरी आफ्नै साथीको हत्या

काठमाण्डौ । झापाको कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै साथी कनकाई नगरपालिका– ७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई पक्राउ गरेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बुधबार बिहान बाँसघारीमा चौधरीको शव फेला परेको थियो भने अनुसन्धानका क्रममा राजवंशीको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

मृतक चौधरी र राजवंशी दुबैजना लागूऔषध प्रयोगकर्ता हुन् भने सँगै बसेर लागूऔषध सेवन गर्ने क्रममा विवाद भएपछि मंगलबार राति चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजवंशीले पछाडिबाट बन्चरो प्रहार गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। हत्या पछि शवलाई बाँसघारीमा राखेर उनी फरार भएका उनलाई करिब ८ घण्टापछि पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *