गएको २४ घण्टामा २१ मृत्युसहित थपिए यति धेरै संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ भने मृतकको संख्या ७ सय १५ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल ८८ हजार ४० जना निको भइसकेको छन् भने अझै पनि ३७ हजार ३ सय ८२ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १२ लाख ५४ हजार १ सय ६७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *