मधुमेह रोगीका लागी तामा यति फाइदाजनक, हेर्नुहोस् तामाका अनेकौँ फाइदाहरु…

काठमाण्डौ । तामा प्राय सबैलाई मन पर्ने तरकारी हाे। याे खाँदा जति स्वादिलाे हुन्छ त्यति नै औषधीय गुणले पनि भरिपूर्ण हुन्छ। यसमा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि निकै फाइदाजनक छ । यसमा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन पनि यसले निकै मद्दत पु-याउँछ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेल्नुका साथै तामाले मुटुरोगको सम्भावना कम गर्छ। साथै यसले पाचन प्रक्रियामा पनि निकै मद्दत गर्दछ । पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा यसले औषधिको काम गर्छ । गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

यसबाहेक ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा निकै राम्रो मानिन्छ । नियमित रुपमा तामाको परिकार खाने व्यक्तिलाई क्यान्सरको सम्भावना कम हुन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्नुका साथै विभिन्न घाउ तथा चोट पनि ठीक गर्छ। फोक्सोसम्बन्धी बिमारीलाई त झन् तामा निकै फाइदाजनक हुन्छ । श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै रोग निको हुँदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *