बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । उनी यहि असोज २१ गते स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए भने २२ गते उनलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।

संक्रमण पुष्टि भएसँगै अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर आवश्यक उपचार गरिएको भएपनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा उनको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *