कपडा पेल्ने मेसिनमा च्यापिएर १५ वर्षीय किशोरको मृत्यु

काठमाण्डौ । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा च्यापिदा एकजना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर  नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोरको दाहिने हात च्यापिएर उनी गम्भीर घाइते भएका थिए भने उपचारका लागी उनलाई तुरुन्तै धनुषाको लालगढस्थित मोडल अस्पताल लागिएको थियो ।

अत्यधिक रक्तश्राव बहेका उनलाई मोडल अस्पतालमा सामान्य उपचारपश्चात उनलाई विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएकोमा थियो भने उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *