रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको शुक्रबार बिहान सवा ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए । उनलाई यहि असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने संक्रमण पुष्टि भएसँगै उनलाई लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा स्वास्थ्य अवस्था विग्रिँदै गएपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखिएको थियो भने शुक्रबार एक्कासी स्वास्थ्य झन् जटिल भएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *