मोटोपनलगायत अनेकौँ रोगबाट छुटकारा पाउन नियमित सेवन गर्नुहोस् हरियो केराउ

काठमाण्डौ । हरियो केराउ मुख्यगरि हामीले तरकारीको रुपमा प्रयोग गछौ तर यसका अनेकौ फाइदाहरु पनि रहेका छन् । केराउका विभिन्न औषधीय गुणहरु रहेका छन् । केराउको नियमित प्रयोग गर्नाले क्यान्सर, मोटोपनलगायतका बिरामीबाट पनि छुटकारा पाउन सकिन्छ भने यसले रक्तअल्पता हुने सम्भावना पनि कम हुन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नियमित रुपमा केराउको प्रयोग गर्नाले मधुमेह हुँदैन । मटरले शरीरमा रगतको स्तरलाई नियन्त्रित गर्छ जसले गर्दा मधुमेहको समस्या हुन पाउँदैन । केराउले शरीरमा कोलेस्ट्रोल पनि बढ्न दिँदैन ।

हरियो केराउमा हुने फाइबरले हाम्रो शरीरलाई इनर्जी दिनुका साथै मेटाबल्जिम बढाउने काम पनि गर्छ र साथै शरीरमा भएको बोसोको मात्रा पनिघटाउँछ ।

स्वास्थ्य मात्र नभई केराउ सुन्दरताका लागि पनि निकै लाभकारी मानिएको छ । केराउको लेप अनुहारमा लगाउँदा चाउरीपन कम भई मुहारमा चमक ल्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *