प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के छ एजेन्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिमण्डलमा हेरफेर तथा ३ नयाँ सदस्य थपेपछि आज पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज साँझ साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो भने उक्त बैठकको एजेन्डाबारे भने हालसम्म केही खुलाइएको छैन।

प्रधानमन्त्री ओलीले हिजोमात्रै मन्त्रिपरिषद पूनर्गठन गरेका थिए जसमा नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालय, लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

साथै उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षामन्त्रालयको जिम्मेवारी खोसिएको छ भने महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *