बरुन्त्से हिमाल चढेसँगै नेपाली टोलीको हकमा अर्को सफल आरोहण

काठमाडौं । हिमाल आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पाको नेतृत्वमा ७ जनाको नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । उनीहरुले बरुन्त्से हिमाल आरोहण गरेको पर्यटन बिभागकी निर्देशक मिरा आचार्यले बताए ।

खुम्बु क्षेत्रमा पर्ने ७ हजार १ सय २९ मिटर अग्लो बरुन्त्से हिमाल आरोहण गर्नका लागी ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते त्यसतर्फ प्रस्थान गरेको थियो । यस अघि असोज २९ गते मनास्लु हिमाल पनि आरोहण गरेको उक्त टोलीको यो दोस्रो तथा नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *