नेपालको जनसंख्या आधा घट्ने

काठमाण्डौ । एक अध्ययनका अन्य्सार नेपालको जनसंख्या अब यस शताब्दीको अन्त्यसम्ममा आधा घट्ने प्रक्षेपण भएको छ । ब्रिटेनको प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी रुपमा गरिएको एक अध्ययनका आधारमा प्रकाशित भएको एक लेखमा विज्ञहरूले यसो भनेका हुन् । उनीहरुका अनुसार नेपाल लगायतका अधिकांश देशहरुमा यस शताब्दीको अन्त्य सम्ममा निकै भारी मात्रामा जनसङ्ख्या घट्ने भनेर = प्रक्षेपण गरिएको छ।
बीबीसीले जनाए अनुसार नेपालको हालको समयमा जनसंख्या तीन करोड रहेको छ । यो क्रम सन् २०४३ मा तीन करोड पैँतालीस लाख पुग्ने र त्यसपछि भने बिस्तारै घट्दै गएर सन् २१०० मा पुग्दा सम्म त्यसको भन्दा लगभग आधामा झर्ने प्रक्षेपण गरिएको छ। विश्वभरि शिक्षामा भएको प्रगति तथा महिला सशक्ति करण जस्ता विभिन्न कारणहरुले गर्दा कुल प्रजनन दर पहिले भन्दा निरन्तर घटिरहेको कारणले गर्दा यस्तो अवस्था आइपर्न लागेको भनेर उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
हाल नेपालमा कुल प्रजनन दर २।२४ प्रतिशत रहेको छ भने अब त्यो डर घट्दै जाने र सन् २१०० सम्म पुग्दा १।२० प्रतिशत पुग्ने भनेर प्रक्षेपणमा उल्लेख गरिएको छ।