फ्रान्समा एकैदिन थपिए ३० हजार बढी संक्रमित

काठमाडौं । फ्रान्समा बिहीबार एकै दिन मात्र ३० हजारभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार फ्रान्समा एकैदिन ३० हजार ६ सय २१ जना नयाँ संक्रमितथपिएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना संक्रमण बढेसँगै फ्रान्स सरकारले शनिबारदेखि लागु हुनेगरी राजधानी पेरिससहित नौ शहरमा रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ । शनिबारदेखि राति ९ बजेदेखि बिहान ६ बजेसम्म घर बाहिर निस्किन बन्देज गरिएको छ ।

फ्रान्समा हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ६ सय ८४ पुगेको छ भने ३३ हजार १ सय २५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *