राष्ट्रिय झण्डा ओढाएर सांसद पहाडीलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । यहि बुधबार निधन भएका प्रतिनिधिसभाकी सांसद सानु शिवा पहाडीको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली  दिएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि पहाडीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । उनको बुधबार बिहान निधन भएको हो ।

हाल पहाडीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको छ भने बिहीबार उनको अन्त्येष्टि गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *