सिबिआईले पूरा गर्यो सुशान्त प्रकरणको अनुसन्धान, के आयो रिपोर्ट ?

काठमाण्डौ । सिबिआईले भारतीय अभिनेता सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान पूरा गरेको छ भने हालसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटिएकोको जानकारी दिएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सिबिआईले चाँडै नै आफ्नो रिपोर्ट अदालतमा पेश गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । सिबिआईले यहि अक्टोबर ८ मा सुशान्तका भिनाजु तथा फरिदाबादका कमिश्नर ओपी सिंह र सुशान्तकी दिदी नीतूसँग सोधपुछ गरेपछि सिबिआईको अनुसन्धान पूरा भएको हो ।

सिबिआईले आफ्नो अनुसन्धनमा पत्ता लागेका सबै परिस्थितीजन्य साक्षीको आधारमा रियालाई आरोपी बनाउने नबनाउने निर्णय अदालतमाथि नै छोड्ने अनुमान गरिएको छ । यद्धपि भाजपाका राज्यसभा सांसद सुब्रमण्यम स्वामीले भने सुशान्तको मृत्युको मामिलामा भइरहेको अनुसन्धानसँग सम्बन्धित एम्सको रिपोर्टबारे स्वास्थ्य मन्त्रालयलाई कुनै किसिमको जानकारी प्राप्त नभएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *