बुटवलको कोराना विशेष अस्पतालमा थप एक जनाको मृत्यु

काठमाण्डौ । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–७ की ७० वर्षीया महिला रहेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको बिहीबार बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । यहि असोज २१ गते गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको थियो । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेको ती महिलालाई कोरोना पुष्टि भएसँगै उनलाई भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *