एक बालकले फेसबुकमा शेयर गरेको यस्तो तस्बिर जसले ११ जनालाई पुर्यायो प्रहरी हिरासतमा

काठमाण्डौ । बाग्लुङमा प्रहरीले ११ थान बन्दुकसहित ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले गए राति खानतलासी गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बन्दुकसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *