भरतपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । भरतपुर अस्पतालमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन्।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनलाई यहि असोज २७ गते ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो भने २८ गते उनलाई कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

सङ्क्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागी कोभिड सघन उपचार कक्षमा राखिएको थियो भने उपचारकै क्रममा उनको हिजो साँझ ६ः१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *