कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको मृत्यु

काठमाण्डौ । कोरोना सङ्क्रमणबाट तनहुँको भीमाद नगरपालिकामा एकै परिवारका तीन जना सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का एकै परिवारका ९८ वर्षीय बाबु  र ७५ र ७२ वर्षीय छोरा रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

९८ वर्षीय वृद्धको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा यहि असोज २५ गते मृत्यु भएको हो भने उनका ७५ वर्षीय छोराको असोज २४ गते काठमाडौँस्थित बिएण्डवी अस्पतालमा र ७२ वर्षीय छोराको ओज १९ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिरामी बुबालाई उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने बुबाको स्यहारसुसारमा खटिएका दुवै छोरालाई पनि पछि कोरोना देखिएको हो । यससँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या आठ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *