कंगना विरुद्ध मुद्धा दायर

काठमाण्डौ । चर्चित बलिउड अभिनेत्री कंगना रनौत विरुद्ध मुद्धा दायर भएको छ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गत सेप्टेम्बर २१ मा केन्द्रीय कृषि कानूनको विरोध प्रदर्शनमा उत्रिएका किसानहरुका विरुद्ध ट्वीट् लेखेपछी उनीविरुद्ध कर्नाटकको टुमकुरु जिल्लाको एक अदालतले एफआइआरु दर्ता गर्न आदेश दिएको हो। आफ्नो ट्वीटमार्फत् उनले वहकाव, शान्ति उल्लंघन तथा अपमान र उक्साउने प्रयत्न गरेको आरोप लागेको छ।

अधिवक्ता एल रमेश नाइकको उजुरीमा अदालतले एफआइआर दर्ता गर्न निर्देशन दिएको थियो। भारतीय सञ्चार माध्यमका अनुसार उनीविरुद्ध भारतीय दण्ड संहिताको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *