लमजुङका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

काठमाण्डौ । गण्डकी प्रदेशमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको बेसीशहर नगरपालिका–२ का ५६ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मंगलबार दिउँसो ४ः२३ बजे मृत्यु भएको हो । मृतक पुरुष मधुमेह तथा मुटुसम्बन्धी समस्याबाट पनि ग्रसित थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *