आज देशका केही स्थानमा हल्का पानी पर्ने

काठमाडौं । आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का पानी पर्नेछ भने अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हाल बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर हुँदै भारतको तेलंगानाबाट पश्चिम, उत्तरपश्चिम तिर सर्ने क्रममा रहेका कारण नेपालमा थोरै प्रभाव पर्ने मौसमविद्हरुले जनाएका छन् । जसअनुसार आज  प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भई केहि ठाउँमा हल्का पानी पर्नेछ ।

यस्तै आज राती भने प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *