जीवनमा आइलाग्ने वियोगलाई त्याग्न यसरी बस्नुहोस् आज बुधबारको व्रत

काठमाण्डौ । किम्वदन्ती अनुसार धेरे पहिले एकजना व्यक्तिले माइत गएकी आफ्नी श्रीमतीलाई बुधरबारको दिन जबरजस्ती घर ल्याएको र त्यस क्रममा ति व्यक्तिलाई बुध भगवानले परीक्षा लिएको प्रसंग जोडिएको छ। बुधबारको दिन यात्रा गर्न नहुने बताइदा उसले त्यही दिन श्रीमतीलाई सुसुरालीबाट ल्याएको कारण बुध भगवानले उनको परीक्षा लिन्छन् । कथामा उल्लेख गरिए अनुसार घर फर्कने क्रममा उनको श्रीमतीलाई तिर्खा लाग्छ र पानी लिनका लागी ऊ आमखोरा लिएर पानीको खोजीमा निस्कन्छ । जब ऊ पानी लिएर श्रीमती भएको ठाउँमा पुग्छ तब उसले आफ्नी श्रीमतीसँ हुबहु आफु जस्तै देखिने अर्को व्यक्ति बसिरहेको देख्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यो सब देखेर उ क्रोधित हुँदै आफ्नी श्रीमतीसँग बस्ने तिमी को हौँ भनेर प्रश्न गर्छ र ती बहुरुपी व्यक्तिले पनि उनलाई आफ्नी श्रीमती भएको बताउँछ। साथै आफू अहिले भर्खरै ससुरालीबाट विदा मागेर आउँदै गरेको पनि उसले बताउँछ। त्यसपछि दुबै जना बिच झगडा सुरु हुन्छ र त्यसै बेला राज्यका केहि सिपाहीहरू आएर अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै ती स्त्रीलाई सोध्छन्, यी दुईजना मध्ये तिम्रो असली पति कुन हो ? तर दुवै पुरुषको स्वरूप हुबहु उस्तै रहेका कारणले गर्दा ती स्त्री पनि अल्मलिन्छिन र उक्त प्रश्नको जवाफ दिन सक्दिनन् । त्यसपछि उनी ईश्वरसित प्रार्थना गर्दै भन्छिन्, ‘हे ईश्वर यो के वि’चित्रको लीला हो।’ त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरलाई पुकार्दै रुन थाल्छ।
ती व्यक्तिले निकै लामो समयसम्म रुन कराउन थालेपछि आकाशवाणी हुन्छ, ‘मूर्ख आज बुधबारका दिन तैले यात्रा गर्नु हुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेको कारणले गर्दा बुधदेव भगवानले यो लीला देखाउनु भएको हो।’ आकाशवाणी सुनेपछि त्यस व्यक्तिले बुधदेव भगवानलाई प्रार्थना गर्छ र आफुले गरेको भूलप्रति क्षमा माग्छ । त्यसपछि उनको रुपमा आएका भगवान अन्तरध्यान हुन्छन् र ऊ आफ्नी स्त्रीलाई लिएर घर जान्छ । त्यस पछि आफ्नो दाम्पत्य जीवन सुखमय होस् र कहिल्यै पनि जीवनमा वियोग नहोस् भन्ने उद्देश्यका साथ ती दुवै पति पत्नीले प्रत्येक बुधबारका दिन नियमपूर्वक व्रत बस्ने तथा पूजाआजा गर्न सुरु गर्दछन्। अहिले पनि जीवनमा कुनै वियोग नआओस भनेर बुधबारको व्रत बस्ने गरिन्छ ।