कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

काठमाण्डौ । कोरोना भाइरसको संक्रमणका कारण सप्तरीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्य रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताएका छन् ।

अर्बुद रोगग्रस्त रहेका ती वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *