किन गर्छन् मानिसले पशुसँग याैन सम्पर्क ?

काठमाण्डौ । अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै व्यक्ति र जनावरबीचको शारीरिक सम्पर्कलाई बेस्टिएलिटी भनिन्छ । एनसीबीआईको रिपोर्टका अनुसार असन्तुलित जीवन गुजार्ने व्यक्तिले यस्तो हर्कत गर्ने गर्दछन् । जसको बाल्यकाल घरेलु हिंसा र तनावको बीच गुज्रिएको हुन्छ र जो बाल्यकालमा यौन हिंसाको शिकार हुन्छन्, उनीहरुमा यस प्रकारको व्यवहारको आशंका बढ्दछ ।

मनोवैज्ञानिक डा. प्रवीणका अनुसार असामान्य सेक्सुअल एक्टिभिटीलाई पेरिफिलिया भनिन्छ ।  यसका विभिन्न प्रकार हुन्छन् जसमध्य एक हो बेस्टिएलिटी । असामान्य व्यवहार र बिरामीको बीचको अवस्थालाई बेस्टिएलिटी भनिन्छ तर यो असामान्य व्यवहार मात्रै होइन । त्यस्तै गरि नेक्रोफिलिया यसको दोस्रो प्रकार हो जसमा व्यक्तिले कुनै मृतकको साथ शारीरिक सम्बन्ध राख्दछ । बाल्यकालमा नराम्रो अनुभव, एक्लोपन तथा मानसिक समस्यालाई यसको प्रमुख कारण मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *