मोरङमा थप तीन कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । कोरोना संक्रमणका कारण मोरङमा थप तीनजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोसी अस्पतालमा मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान २ः१५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए ।

यस्तै विराट मेडिकल कलेजमा मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु रहेका छन् । आइसोलेसनमा उपचाररत रहेका सुन्दरहैचाका पुरुषको मंगलबार बिहान ८ः१० बजेतिर तथा हाटखोलाका पुरुषको मंगलबार बिहान ११ः२० मा मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *