२४ घण्टामा १८ मृत्युसहित थपिए यति धेरै संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ भने मृतकको संख्या ६ सय ६३ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल ७८ हजार ७ सय ८० जना निको भइसकेको छन् भने अझै पनि ३५ हजार ९ सय १५ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल १२ लाख ७ हजार ९१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *