लागूऔषधसहित एपीएफ टोलीद्वारा दुइजना पक्राउ

काठमाण्डौ । एपीएफ टोलीले यहि सोमबार भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज स्थित पूर्व–पश्चिम लोकमार्गबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका–२ मा बस्दै आएका ४२ वर्षीय बिनोदप्रसाद यादव र भारत घर बताउने २३ वर्षीय संजयकुमार यादव रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भारतबाट नेपालतर्फ आउंदै गरेको को १० प ५२०७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा ५ पत्ता नाईट्रोज ट्याब्लेट र ८ पत्ता स्पास्मो हाईड्रो क्लोराईड फेला परेको हो ।

बरामद लागूऔषध तथा मोटरसाइकल सहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *