आज घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज सुनमा प्रति तोला ५ सय रुपैयाँले घटेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै सोमबार प्रति तोला ९५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रति तोला ९५ हजार १ सय कायम गरिएको छ भने सोमबार ९५ हजार १ सय रुपैयाँ पार्टी तोलामा कारोबार भएको तेजावी सुनको मूल्य आज ९४ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मुल्य आज प्रति तोला १ हजार २ सय २५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *