जोडले कराउँदा मुख नजिक हातको घेरा किन बनाउने गरिन्छ ?

काठमाण्डौ । जब हामी टाढा भएको मानिसलाई जोडले बालाउँछौं वा ठूलो स्वरमा गीत गाउँछौं, तब मुख छेउमा हातको घेरा बनाउने गर्छौँ । तर हामीले यस्तो क्किना गर्छौँ ?

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हामी बोल्दा हाम्रो गलामा रहेको भोकल कार्डसको कम्पनको कारण मुखबाट ध्वनि तरंग निस्कन्छ , जुन हावामा अरु मानिसको कानसम्म पुग्छ र उअसले हाम्रो आवाज सुन्छ ।

यी ध्वनि तरंग हावामा जति धेरै दूरी पार गर्छ, त्यति यसको ऊर्जा कम हुँदै जान्छ र यसकै परिणामस्वरुप ध्वनिको तीव्रता पनि कम हुन्छ । जब हामी आफ्नो हात र आफ्नो मुख नजिक कपको आकार बनाएर राख्छौं, यसो गर्दा ध्वनि तरंग मुखबाट निस्केर चारैतिर फैलिदैन र सीधा दिशामा जान्छ । यसो हुँदा टाढाको मानिसले हाम्रो आवाज प्रष्टसँग र जोडले सुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *