चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाण्डौ । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यहि असोज २३ गते कोरोना पुष्टि भएका उनलाई निमोनिया देखिएका कारण असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको हिजो राति ८ः१० बजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *