कोरोना संक्रमितको कुल संख्या तीन करोड ८० लाख नाघ्यो

काठमाण्डौ । सन् २०१९ डिसम्बरबाट चीनको वुहानबाट फैलिन थालेको कोरोना भाइरसले अहिले सिंगो विश्वलाई निकै पिरोलेको छ । हरेक दिन संक्रमितको संख्या बढिरहेको छ भने यसबाट मृत्यु हुनेको संख्या पनि निकै नै बढेको छ । यसतै अहिले कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ ।

अहिले विश्वभरमा कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या १० लाख ८५ हजार ३ सय ७३ पुगेको छ भने संक्रमितको कुल संख्या ३ करोड ८० लाख ४० हजार १ सय ४८ पुगेको छ । यस्तै, २ करोड ८५ लाख ९८ हजार १ सय ५१ जनाको भने सफल उपचार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *