ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

काठमाण्डौ । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य दुइजना घाइते भएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु हुनेमा १८ वर्षीय राजु नगाजी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुइ घाइतेको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । यद्धपी हालसम्म दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *