डिभेलियर्सको विष्फोटक ब्याटिङसँगै बैंग्लुरुको शानदार जीत

काठमाण्डौ । आईपीएल १३ औँ सिजन अन्तर्गतको हिजो राती भएको २८ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले कोलकाता नाइट राइडर्सलाई ८२ रनको विशाल अन्तरले पराजित गरको छ ।
रनको हिसाबले उक्त जित कोलकाताविरुद्ध बैंग्लुरुको सबैभन्दा ठूलो जीत हो भने यस जीतसँगै बैंग्लुरु अंक तालिकामा तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।
टस जितेर पहिलो ब्याटिङ्ग रोजेको बैंगुरुले १ सय ९५ रण बनाएको थियो भने बैंगुरुले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले जवाफमा ९ विकेटको क्षतिमा १ सय १२ रन मात्र बनाउन सक्यो । खेलमा नायक बनेका एबी डिभेलियर्सले ३३ बलमा ६ छक्का र ५ चौका दिंदै सर्वाधिक ७३ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *