जनरल इन्स्योरेन्सको सेयर कारोबार मंगलबारबाट हुने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भोली अर्थात् मंगलबारबाट हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच आज सोमबार भएको सेयर सूचीकरण सम्झौतापछि इन्स्योरेन्सको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अब कारोबार भने भोलिबाट हुनेछ । नेप्सेमा सूचीकृत कुल सेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओलाई पनि समावेश गरिएको छ । जनरलले यहि असोज ११ गतेदेखि १४ गतेसम्मका लागी प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो जस अन्तर्गत २ लाख ७३ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका थिए भने ५ लाखभन्दा बढी आवेदकको हात खाली भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *