९ मृत्युसहित एकैदिन थपिए ४००० भन्दा बढी संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ भने मृतकको संख्या ६ सय ४५ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल ७७ हजार २ सय ७७ जना निको भइसकेको छन् भने अझै पनि ३३ हजार ८ सय ८० संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल ११ लाख ९१ हजार ५ सय १४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *