नाइजेरियामा बन्दुकधारीको अन्धाधुन प्रहरमा १२ सर्वसाधारणको हत्या

काठमाण्डौ । नाइजेरियाको कादुना राज्यको गिवा गाउँमा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरि १२ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुको प्रहारबाट अन्य कयौं पनि नराम्ररी घाइते भएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गत शुक्रबार र शनिबार उक्त गाउँमा गिवा गाउँको किदान्दान र कदाई भन्ने स्थानमा ती बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेको प्रहरीले जनाएको छ । यद्धपि हमलाको कारणबारे  प्रहरीले केही पनि बताएको छैन ।

केही महिनादेखि हिंसाका धेरै घटना भइरहेको ती जिल्लाका जिल्ला प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्नका लागि प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *