गाईको बाच्छीलाई करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

काठमाण्डौ । गाईको बाच्छीको खुट्टामा बाँधेर करणी गरेको अरोपमा कञ्चनपुर प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका २६ वर्षीय वीरेन्द्र सार्की रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आइतबार राती करिब ९ बजेतिर सार्कीले स्थानीय रमेश रोकायाको घर नजिक २ वर्षका बाच्छीको खुट्टा बाँधेर करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई जानकारी गराएको थियो भने प्रहरी चौकी झोलुङ्गेबाट खटिएको टोलीले सार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सार्कीविरुद्ध पशुमाथि करणी गरेको कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *