जोर–बिजोर हटाएर फेरि पास सिस्टम लागू गर्ने सरकारको तयारी

काठमाडौं
असार २३
कोरोना भाईरस सबैभन्दा पहिले गत डिसेम्बर चीनको उहानमा देखिएको थियो । त्यसबेला चीनलाई नराम्रोसँग अ* सर पारेको उक्त भाइरसले अहिले म*हामा*रीको रु* प लिएको छ भने विश्वव्या* पी रु*पमा फैलिरहेको छ। कोरोना भाईरस सं*क्रमित तथा यसबाट मृ*त्यु हुनेको संख्या प्रत्यक दिन ब* ढिरहेको छ । कोरोना भाईरसले २ सय १० देश तथा क्षेत्रमा आफ्नो आ*तंक फैलाइसकेको छ भने १ करोड भन्दा बढी व्यक्तिमा सं* क्रमण भईसकेको छ । त्यस्तै गरि ५ लाख भन्दा बढी मान्छेको ज्या* न लि*इसकेको यस भाइरसले अहिले सबैलाई त्र* सित बनाएको छ । कोरोना भाइरसको त्रा* स नेपालमा पनि कम छैन । दिनहुँ रुपमा सयौं सं*क्रमित थ* पिने क्र* म जा* री रहेको छ भने अहिलेसम्म नेपालमा सं*क्रमितको संख्या १६ हजार ना* घिसकेको छ ।

नेपालमा कोरोनाका कारणले गर्दा बिगत ४ महिना देखि देश लक डाउनमा छ। चैत्र ११ देखि सुरु गरिएको लक डाउन अहिले सम्म पनि कायम नै छ। बीचमा जोर बिजोर प्रणाली अपनाए पछि र केहि हद सम्म खुकुलो बनाएपछि कोरोना संक्रमण ह्वात्तै बढेको छ। यसपछि सरकारले यो अब परिबर्तन गर्ने संकेत देखाएर पास प्रणालीमै जाने तयारी गरेको छ। सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ ।कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।राजधानी लगायत देशभर नै कोरोनाको संक्रमण बढ्दै गएको तथा सवारी दुर्घटना पनि बढेको भन्दै पास सिस्टम लागू गर्न लागिएको हो ।सरकारले चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) गरेपछि अत्यावश्यक कामका लागिबाहेक अरु कामका लागि सवारी चलाउन नपाइने नियम ल्याएको थियो ।

असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर विजोरका आधारमा निजी सवारी सञ्जालन गर्न दिइएको थियो ।निजी सवारी जोर–विजोर प्रणालीका आधारमा चले पनि सार्वजनिक सवारी भने चल्न दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *