रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । रुपन्देहीमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका १०  का ७९ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले बताएका छन् ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना गरेर भेन्टिलेटरको सहयोगमा उपचार थालिएको सूचना अधिकारी गौतमले बताए ।  यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *