कोरोना कारण चितवनमा एक बेवारिसे महिलाको मृत्यु

काठमाण्डौ । चितवनस्थित भरतपुर अस्पतालमा एकजना कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ती महिलालाई ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या आएसँगै यहि असोज १५ गते अस्पताल भर्ना भएकी थिइन् भने आसोज १९ गते उनलाई कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो भने उपचारकै क्रममा उनको आइतबार साँझ मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *