यस्तो छ आजको मौसम :

काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पुर्वानुमान जारी गर्दै हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको र उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशातर्फ सर्दै गइरहेको जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आन्शिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने देशको पहाडी भू-भागको केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यसका साथै आज राती प्रदेश १ मा आन्शिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आन्शिक बदली रहनेछ । प्रदेश १ र प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेषका केहि स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *