हामीलाई किन काउकुती लाग्छ र लागेपछि किन हाँस उठ्छ ? यस्तो छ कारण

काठमाण्डौ । वैज्ञानिकहरूका अनुसार काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले उसलाई पीडाको पनि सूचना दिने गर्छ । त्यसै कारण काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै नै सतर्क गराइदिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यद्धपी काउकुती लगाउँदा हाँसो उठ्ने नउठ्ने कुरा भने मानिसको दिमागको स्थितिमा पनि भर पर्छ । रिसाएको बेलामा मानिसलाई काउकुती कम लाग्छ र लागे पनि हाँसो भने उठ्दैन ।

काउकुती लगाउँदा हाम्रो शरीर खुम्चिने वैज्ञानिकहरूले बताएका छ्न् जसकारण पेट र पाइतालाजस्ता हाड कम भएका अंगमा हामीलाई बढी काउकुती लाग्छ । निसमेसिस र गार्गालेसिस गरि काउकुतीका दुई प्रकार हुन्छन् । निसमेसिसमा शरीरमा हलुका स्पर्श हुँदा पनि छालाले मस्तिष्कलाई तत्कालै सन्देश पु–याउँछ भने गार्गालेसिसमा पेट, कोखा र गलामा औंलाले छुँदा काउकुती लागेर हाम्रो हाँसो छुट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *