२२ मृत्युसहित एकैदिन थपिए यति धेरै संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ भने मृतकको संख्या ६ सय ३६ पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल ७५ हजार ८ सय ४ जना निको भइसकेको छन् भने अझै पनि ३१ हजार ३ सय १५ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल ११ लाख ७६ हजार ९ सय ८४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *