कोरोनाका कारण चितवनमा वडाध्यक्षको मृत्यु

काठमाण्डौ । कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाधक्षको पदमा निर्वाचित भएका उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले बताए ।

उनलाई यहि असोज १४ गते गराएको पिसीआर परीक्षणमा असोज १६ गते कोरोना पुष्टि भएको थियो । मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको उनी होम आइसोलेसनमा रहेको र उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिपछि उनलाई यही असोज २३ गते अस्पताल भर्ना गरिएको संयोजक डा पौडेलले बताए ।

सघन उपचार कक्षमा राखेर उपचार गरिएको उनको अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो भने त्यहि क्रममा उनीको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *