बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज सुनमा प्रति तोला ८ सय रुपैयाँले बढेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै शुक्रबार प्रति तोला ९४ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रति तोला ९५ हजार ६ सय कायम गरिएको छ भने शुक्रबार ९४ हजार ३ सय रुपैयाँ पार्टी तोलामा कारोबार भएको तेजावी सुनको मूल्य आज ९५ हजार १ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मुल्य आज प्रति तोला १ हजार २ सय १९ रुपैयाँ रहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको प्रति तोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *